कति पर्यो सिटि होटलको आइपीओमा आवेदन ?



काठमाडौं,बैशाख ३ । सिटि होटल लिमिटेडले आईपीओमा ५ करोड ४९ लाख ६७ हजार रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार (बैशाख ३ गते) साँझसम्म बैदेशिक रोजगारीमा गएका १८ हजार ७८८ जना आवेदकले ५ लाख ४९ हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन ।

कम्पनीले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो।

सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आगामी नयाँ वर्ष २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्