वर्ष २०७९ लाई फर्केर हेर्दा : यस्ता छन् महत्त्वपूर्ण आर्थिक घटनाक्रम
काठमाडौं,वैशाख २ । २०७९ सालमा विभिन्न आर्थिक घटना घटे । तीमध्ये महत्त्वपूर्ण घटना उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० को शुरुआतमै गभर्नर महाप्रसाद अधिकारी र तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबीच टकराव देखियो ।
स्थानीय बासिन्दाको अवरोधका कारण निर्माणाधीन नागढुंगा–नौबिसे सुरुङमार्गको काम रोकिन पुग्यो । सुरुङमार्गको निर्माणले पानीको मुहान सुकेको भन्दै स्थानीय बासिन्दाले आन्दोलन गरेपछि काम रोकिएको थियो ।
सरकारले इन्धन खर्चमा २० प्रतिशत कटौती गर्ने निर्णय गर्यो । विभिन्न मन्त्रालय, निकाय तथा नेपाल सरकारका सार्वजनिक संस्थाले इन्धन खर्च २० प्रतिशत घटाउने निर्णय तत्कालीन अर्थमन्त्री शर्माले मन्त्रिपरिषद्बाट गराए ।
सरकारले लेटर अफ क्रेडिट (एलसी) प्रणाली लागू गरेपछि रसुवागढी नाकाबाट सामान आयात घट्न घट्यो । चिनियाँ गाडीले दैनिक सामान आयात गर्दै आएकोमा त्यस्तो गतिविधि रोकिन पुग्यो ।
तत्कालीन केन्द्रीय तथ्यांक विभागले नेपालको अर्थतन्त्र ५ दशमलव ८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गर्यो । विभागले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८/७९ मा नेपालको वृद्धिदर सार्वजनिक गर्यो ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान योजना पेश गर्न निर्देशन दिएपछि वायुसेवा सञ्चालक संघ नेपाल विरोधमा उत्रियो । प्राधिकरणले वैशाख १५ गतेदेखि लागू हुने आन्तरिक उडान बन्द गर्ने निर्णय गर्यो ।
औद्योगिक क्षेत्रमा चर्को लोडशेडिङले उद्योगहरू गम्भीर संकटमा पर्न थालेपछि निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महांसघले सरकारको ध्यानाकर्षण गरायो ।
आर्थिक वर्ष २०७९/८० मा नेपालको अर्थतन्त्रको आकार रू. ४८ खर्ब ५२ अर्ब हुने अनुमान तत्कालीन केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गर्यो ।
अमेरिकी अन्तरराष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) र अर्थ मन्त्रालयबीच झन्डै रू. ८० अर्ब (६५९ मिलियन डलर)को अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो ।
अरुण–४ जलविद्युत् आयोजना निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भयो । नेपालले २१ दशमलव ९ प्रतिशत निःशुल्क ऊर्जा पाउने र आयोजनामा ४९ प्रतिशत शेयर लगानी विद्युत् प्राधिकरणले गर्ने शर्तमा समझदारी भएको थियो ।
जेठ १५ मा सरकारले आर्थिक वर्ष २०७९/८० का लागि रू. १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गर्यो ।
अमेरिकी अन्तरराष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) र अर्थ मन्त्रालयबीच झन्डै रू. ८० अर्ब (६५९ मिलियन डलर)को अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भयो ।
अरुण–४ जलविद्युत् आयोजना निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगमबीच समझदारीपत्रमा हस्ताक्षर भयो । नेपालले २१ दशमलव ९ प्रतिशत निःशुल्क ऊर्जा पाउने र आयोजनामा ४९ प्रतिशत शेयर लगानी विद्युत् प्राधिकरणले गर्ने शर्तमा समझदारी भएको थियो ।
जेठ १५ मा सरकारले आर्थिक वर्ष २०७९/८० का लागि रू. १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गर्यो । बजेट निर्माणमा अनधिकृत व्यक्तिले प्रवेश पाएको विषय चर्चामा रह्यो ।
कर्जा विस्तारको वृद्धिलाई खुम्च्याउने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्यो ।
नेपाल विद्युत् प्राधिकरणको बहुसंख्यक शेयर स्वामित्व रहेको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेती नदी–३ ९एसआर–३० र बूढीगण्डकी प्रोक जलविद्युत् परियोजनामा लगानी गर्न लगानी बोर्डसमक्ष प्रस्ताव गर्यो ।
प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूले सामाजिक सञ्जाल फेसबूकमा विज्ञापन गर्न (४१ दिन)मा मात्रै ६७ हजार ३६ अमेरिकी डलर खर्च गरे ।
मङ्सिर ४ को चुनावबाट पहिलो पार्टी नेपाली कांग्रेस, दोस्रो नेकपा एमाले, तेस्रो नेकपा माओवादी केन्द्र र चौथो राष्ट्रिय स्वतन्त्र पार्टी बने । नेपालको कुल सार्वजनिक ऋण २० खर्ब ७ अर्ब ८४ करोड नाघेको तथ्यांक सार्वजनिक भयो ।
२०७९ मै सरकारले चालू आर्थिक वर्षको बजेटको आकार करीब साढे २ खर्ब ४४ अर्बले घटायो ।
सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गर्यो । नेपालमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँसम्म पुग्यो ।
वित्तीय अपराध नियन्त्रणका लागि समयमै कानून नबन्दा र बनेका कानून प्रभावकारी कार्यान्वयन नहुँदा नेपाल सम्पत्ति शुद्धीकरण मामिलामा ‘ग्रे लिस्ट’ (नकारात्मक सूची)मा पर्ने उच्च सम्भावना देखियो ।