कोरोनाको कारण थप एकजनाको मृत्यु, १२१ जनामा संक्रमण पुष्टि



काठमाडौं,चैत २९। नेपालमा कोरोना संक्रमणको कारण थप एकजनाको मृत्यु भएको छ भने १२१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप एकजना संक्रमितको मृत्यु हो । योसँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ३७७ जनामा गरिएको परीक्षणमा थप १२१ जनामा संक्रमण देखिएको छ भने ८१ जना संक्रमित निको भएका छन् । हाल नेपालमा ४४५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्