कोरोना संक्रमण बढ्दै, दुई हप्तामा ९०५ जना संक्रमित
काठमाडौं,चैत २९ । पछिल्लो हप्ता कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार अघिल्लो हप्ताको तुलनामा पछिल्लो हप्ता Coronavirus संक्रमण बढेको हो ।
अघिल्लो हप्तामा ३६५ जनामा कोरोना भाइरस संक्रमण देखिएकोमा पछिल्लो हप्ता ५४० जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार यही चैत १२ यताका दुई हप्तामा ९०५ जनामा संक्रमण देखिएको छ । उक्त अवधिमा सबैभन्दा बढी चैत १७ गते १४२ जनामा र सबैभन्दा कम चैत १२ गते १६ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांक छ ।