कोरोना संक्रमित एकको मृत्यु, अझै सङ्क्रमण बढ्ने स्वास्थ्य मन्त्रालयको भनाइ
काठमाडौ,चैत २९ । कोरोना भाइरस सङ्क्रमित एक जनाको मंगलवार मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज २ हजार ४३६ जनामा गरिएको परीक्षणमा १०६ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् ।
मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४६९ पुगेको छ ।
काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (ICU र पाँचजना Ventilator मा उपचाररत छन् । नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको छ ।