भूगोल इनर्जी डेभलपमेन्टको आइपीओमा १० भन्दा गुणा बढीको आवेदन, कति रुपैयाँ भयो संकलन ?



काठमाडौं,चैत २७ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा अन्तिम दिन (चैत २७ गते) सम्म १ अर्ब ३७ करोड ११ लाख ९५ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिनसम्म १२ लाख २६ हजार ६५९ जनाले १ करोड ३७ लाख ११ हजार ९५० कित्तका लागि आवेदन दिएका छन् । जुन माग भन्दा १०.१७ गुणा बढी आवेदन हो ।

कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा ८५ हजार २० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ८ हजार ८११ कित्ता शेयर बाँडफाँट गरि सकेको छ । कर्मचारीमा सुरक्षित गरिएको शेयर समेत बाँडफाँट पछि कम्पनीले सामूहिक लगानीकोषका लागि ७१ हजार ९१६ कित्ता शेयर सुरक्षित गरी बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्