कोरोना भाइरसविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं,चैत २६ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको संख्यामा वृद्धि हुदैं गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् ।
शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ ।