राष्ट्र बैंकले तोकेको भन्दा बढी मूल्यमा डलर बेच्दैछन् वाणिज्य बैंकहरू, कुनमा कति ?
काठमाडौं,चैत २१ । नेपाल राष्ट्र बैंकका अनुसार सोमवार (आज) डलरको सन्दर्भ दर स्थिर रहेको छ ।
राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरीद दर १३१ रुपैयाँ १७ पैसा र विक्री दर १३१ रुपैयाँ ७७ पैसा तोकेको छ । अघिल्लो दिन पनि राष्ट्र बैंकले तोकेको डलरको विनिमय दर समान थियो ।
तर, वाणिज्य बैंकहरूले राष्ट्र बैंकले तोकेको भन्दा बढी मूल्यमा डलर बेचिरहेका छन् । नेपाल एसबिआई बैंकले भने डलरको मूल्य राष्ट्र बैंकले तोकेको भन्दा कम तोकेको छ ।