डिजेल लिटरमै १० रुपैयाँले घट्यो, प्रतिलिटर कति ?



काठमाडौं,चैत २० । नेपाल आयल निगमले इन्धनको मूल्य घटेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ र खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।

निगम सञ्चालक समितिको सो निर्णयसँगै अब डिजेल र मटीतेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्