नुवाकोटको लिखुमा शिक्षण अभिमुखीकरण तालिम शुरु



नुवाकोट,चैत २० । जिल्लाको लिखु गाउँपालिकामा शिक्षण अभिमुखीकरण तालिम शुरु भएको छ ।

गाउँपालिकामा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयमा सोमबारदेखि सो तालिम शुरु भएको हो । तालिममा गाउँपालिकाको सेवा क्षेत्रमा रहेको विभिन्न १५ वटा सामुदायिक विद्यालयका शिक्षकको उपस्थिति रहेको छ ।

तालिमको रन्जना गिरी र सबिना तामाङले सहजीकरण गरेका छन् । तालिम एक सातासम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्