नुवाकोट शिवपुरीको कुम्भेश्वर माध्यमिक विद्यालयमा इ-लाइब्रेरी सञ्चालनमा



तस्बिर सौजन्य: प्रविन थपलिया

नुवाकोट,चैत १४ । जिल्लाको शिवपुरी गाउँपालिक वडा नम्बर ७ मा अवस्थित कुम्भेश्वर माध्यमिक विद्यालयमा इ-लाइब्रेरी सञ्चालनमा ल्याइएको छ । क्यालिफोर्नियाको ला सिएरा विश्वविद्यालयका विद्यार्थीहरूको सहयोगमा ई-लाइब्रेरी सुरु गरिएको विद्यालयले जनाएको छ ।

नेपाल भ्रमणमा आएका ला सिएरा विश्वविद्यालयका विद्यार्थी एबिगेल रामोस, केनेडी एस्पिरिटु र सौरभ जोशीले खाजा खर्च वापतको रकमबाट पाँच थान कम्प्युटरसहित इ–लाइब्रेरीलाई आवश्यक सामग्री सहयोग गरेका छन् । इ–लाइब्रेरी संचालनले ग्रामीण भेगका विद्यार्थीहरुमा डिजिटल माध्यममा पहुँच बृद्धि हुनुका साथै विद्यार्थीको शिक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा विद्यालयले गरेको छ।

कार्यक्रम उद्घाटनमा नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी, विद्यालय व्यवस्थापन समिति सदस्य रमेशप्रसाद पाण्डे, प्रधानाध्यापक माधब ठकुरी लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्