सुनको मूल्य प्रतितोला २ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,चैत १३ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ८ हजार ५ सय रुपैयाँमा करोबार भएको छ । आइतबार १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ । आइतबार १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्