वैदेशिक रोजगारमा जाने कामदार पनि अनिवार्य सामाजिक सुरक्षा कोषमा, के-के पाउछन् सुविधा ?



काठमाडौं,चैत ८ । वैदेशिक रोजगारमा गएका श्रमिक र स्वरोगजारमा रहेका व्यक्तिको समाजिक सुरक्षा योजना शुभारम्भ भएको छ । अब बैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्नेछ । विदेशमा रोजगारमा रहेका श्रमिक तथा स्वोरोजगारमा रहेका व्यक्ति सामाजिक सुरक्षा कोष योजनामा समेटिएका छन् । अब मासिक न्यूनतम २ हजार २ रुपैयाँ योगदान गरि वैदेशिक रोजगारमा रहेका र विदेशमा व्यवसाय समेत गर्दै आएका नेपालीहरु योगदानमा आधारीत कोषमा आवद्ध हुनुपर्ने भएको हो ।

बुधवार औपचारिक कार्यक्रम मार्फत प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) बाट सो योजनाको उद्घाटन भएको । सोही अवसरमा प्रधानमन्त्री प्रचण्डले सरकारी सेवामा करारमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुक्षा कोषमा आवद्ध गराउने घोषणा गरेका छन् । उनले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारालई प्राविधिक रुपमा दक्ष बनाउने पनि बताए । उनीहरुलाई तालिम दिएर दक्ष बनाएर मात्रै वैदेशिक रोजगारमा पठाउने उनको भनाइ छ । उनले ऋण सम्झौता नभएका मुलुकसँग पनि सरकारले श्रम सम्झौता गर्ने उनले बताए । साथै, श्रम सम्झौता भइरहेकै देशहरुसँको सम्झौता पनि समय सापेक्ष बनाउने उनको भनाइ छ । उलने भने,–‘उनले वैदेशिक रोजगारीमा गएका नेपालीहरुबाट अर्थतन्त्रमा ठुलो योगदान पुगेको छ । विशेषगरि उनीहरुले पठाएको रेमिट्यान्सले अर्थतन्त्रमा ठुलो योगदान पुर्याएको छ ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत मंसिरमै यस सम्बन्धी कार्यविधि स्वीकृत गरेको थियो, त्यो कार्यविधिअनुसार वदैशिक रोजगारमा तथा विदेशमा स्वदेशमा स्वरोजगार नेपालीलाई कोषमा आवद्ध गराउने काम अजादेखि सुरु गरिएको हो । वैदेशिक रोजगारमा रहेको तथा विदेशमा स्वरोजगार नेपाली अनिवार्य रुपमा यसमा आवद्ध हनुपर्नेछ ।

२०७५ मंसिरबाट सञ्चालनमा आएको योगदानमा आधारीत यस कोषमा नेपाली श्रमिकलाई अनिवार्य गरिएको थियो । अब भने वैदेशिक रोजगार गएका तथा विदेशमा स्वरोजगार नेपाली पनि कोषमा अनिवार्य रुपमा आवद्ध हुनुपर्ने भएको हो ।

वैदेशिक रोजगारीको श्रम स्वीकृति लिनुभन्दा पहिला नै नेपाली कामदार कोषमा आवद्ध भएको हुनुपर्नेछ । श्रम स्वीकृति दिइने मापदण्ड (क्याटागोरी) मै सामाजिक कोषमा आवद्ध भएको हुनुपर्ने उल्लेख गरिएको छ, यसरी कोषमा आवद्ध भएपछि मात्रै सरकारले बैदेशिक रोजगारको श्रम स्वीकृति दिनेछ ।

साथै, हाल कार्यरत नेपालीले सामाजिक सुरक्षा कोषको वेवसाइटमा गएर आफुलाई आवद्ध गराउनु पर्नेछ । यद्यपि, यस अवधीमा उनीहरुलाई अनिवार्य भने छैन । तर, पछि श्रम स्वीकृति तथा भिसा नविकरण गर्ने बेलासम्म भने उनीहरु कोषमा आवद्ध भइसकेको हुनुपर्नेछ ।

यसरी कोषमा आवद्ध भएपछि उनीहरुले तोकिएको त्यूनतम रकम तथा स्वइच्छाले घोषणा गरेको रकम मासिक रुपमा कोषमा भुक्तानी गर्नुपर्नेछ । अहिले नेपाल सरकारले तोकेको न्यूनतम आधारभुत तलव ९ हजार ३८५ रुपैयाँ रहेको छ । त्यसको न्यूनतम २१.३३ प्रतिशत बराबरको (२ हजार २ रुपैयाँ) रकम श्रमिकले मासिक रुपमा कोषमा योगदान गर्नैपर्ने हुन्छ । साथै, श्रमिकले स्वइच्छाले तोकिएको न्यूनतम आधारभुत तलव ९ हजार ३८५ को ३ गुणा सम्मको रकम मासिक रुपमा कोषमा जम्मा गर्न सक्ने कोषका प्रवक्ता विवेक पन्थीले बताए ।

उनीहरुले अनलाइन मार्फत कोषमा यस बापतको रकम भुक्तानी गर्न सक्नेछन् । विदेशमा नेपालका कनेक्ट आईपीएस, वालेट तथा मोवाइल बैंकिङहरु प्रयोग गर्न सकिन्छ । त्यसमार्फत पनि यसको भुक्तानी गर्न सकिने कोषको भनाइ छ । साथै, नेपालमा बसोबास गर्ने सम्बन्धीत योगदानकर्ता श्रमिकको परिवारले पनि यस बापतको भुक्तानी गर्न सक्नेछन् ।

नेपालमा कार्यरत योगदानकर्ताले महिना सकिएको १५ दिनभित्र कोषमा रकम जम्मा गरिसक्नुपर्ने छ । तर, यसमा भने त्यस्तो अनिवार्य सिमा तोकिएको छैन । विदेशमा कार्यरत नेपाली श्रमिकले अग्रिम रुपमा पनि यस्तो रकम भुक्तानी गर्न सक्ने छन् । ६ महिनाको रकम अग्रिम रुपमा भुक्तानी गरेमा १० प्रतिशत रकम छुट पाउने व्यवस्था गरिएको छ । यद्यपि, बैदेशिक रोजगारमा गएका श्रमिकले न्यूनतम ९ महिनाको रकम जम्मा गरेपछि कोषले दिने सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस्ता छन् कोषबाट पाइने सुविधा

कोषमा आवद्ध भएपछि विदेशमा रहेको नेपाली श्रमिक तथा स्वरोजगार व्यक्तिले ३ वटा सुविधा पाउने छन् । दुर्घटना तथा अशक्तत्ता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र बृद्ध अवस्था सुरक्षा योजना गरि ३ प्रकारको सुविधा दिइने कोषको कार्यविधीमा उल्लेख छ । यी सुविधा प्राप्त गर्न योगदानकर्ताले न्यूनतम ९ महिनाको योगदान रकम भुक्तानी गरेको हुनुपर्नेछ ।

योगदानकर्ता दुर्घटना भएर अस्पताल भर्ना भई उपचार गराउँदा कोषले १ लाख रुपैयाँसम्मको उपचार खर्च दिनेछ । यस्तो उपचार खर्चको भुक्तानी कोषले निर्धारण गरेको दर रेटका आधारमा हुन आएको कुल खर्च रकमको ८० प्रतिशत वा प्रति वर्ष १ लाख मध्ये जुन कम हुन्छ, सो हद सम्मको रकम उपचार गरेको आवश्यक प्रमाण पेश गरेपश्चात सम्बन्धित व्यक्तिको खातामा भुक्तानी हुने बताइएको छ ।

दुर्घटनाको कारण योगदानकर्ता अस्थायी पूर्ण असक्षमता भएर काममा फर्कन सक्ने अवस्था नभएसम्म न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रुपमा दिने व्यवस्था गरिएको छ ।

दुर्घटनाका कारण श्रमिक स्थायी असक्षमता भएमा असक्षमताको अनुपातमा न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी जीवनकालभर निवृत्तभरण सुविधाबापत मासिक रुपमा दिने व्यवस्था गरिएको छ ।

यस्तै, योगदानकर्ता दुर्घटनाका कराण स्थायी रुपमा पुर्ण असक्षमता भएमा न्यूनतम आधारभूत तलवको ६० प्रतिशत रकम मासिक रुपमा दिइने छ, यस्तो रकम जीवित रहुञ्जेल दिइने कार्यविधिमा उल्लेख छ । योगदानकर्ता हिँडडुल गर्न नसक्ने अवस्थामा भएमा निजलाई हेरचाह गर्न परिवारको सदस्यलाई सम्बन्धीत पालिकाको सिफारिसमा आवशयक रकम दिइने छ ।

यस्तै, योगदानकर्ताको मृत्यु भएमा निजको आश्रित परिवारलाई बिभिन्न सुविधा दिइने छ । योगदानकर्ताको मृत्य भएमा पति वा पत्नीलाई निवृत्तभरण (पेन्सन), सन्ततीले पाउने शैक्षिक बृत्ति र अन्तिम संस्कार खर्च दिने व्यवस्था गरिएको छ ।

जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा न्यूनतम आधारभुत तलवको ४० प्रतिशतका दरले जीवनभर पेन्सन दिइने छ । साथै, योगदानकर्ताको मृत्यु भएमा निजको १८ बर्ष मुनिका सन्ततीले सो उमेर पुरा नभएसम्म शैषिकबृति बापत न्यूनतम आधारभुत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा पाउने छन् । तर, एक भन्दा बढी सन्ततीले सुविधा पाउने भएमा सो रकम दामासाही रुपमा प्रदान गरिने कार्यविधिमा उल्लेख छ । यस्तै, योगदानकर्ताको कुनै सन्तती निरन्तर अधययनरत रहेमा यस्तो सुविधा २१ बर्ष उमेरसम्म दिइनेछ ।

यस्तै, योगदानकर्ताको एकाभर पति वा पत्नी नभएमा निजसँग आश्रित बाबु आमालाई न्यूनतम आधारभुत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रुपमा जीवनभर प्रदान गरिने छ । बाबु आमा दुवै जना जीवत भएमा दुवै सहमतीमा कुनै एक वा दुवै जनालाई दामासाही रुपमा वितरण गरिने छ ।

यदि, बीचमा योगदानकर्ता जीवित भएमा अवकाश बचन योजनामा जम्मा गरेको रकम र त्यसका प्रतिफल रकम एकमुष्ठ दिइनेछ । सम्बन्धीत योगदान कर्ता ६० बर्ष भएपछि पेन्सन योजना अन्तरगत पेन्सन पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्