प्रतितोला १ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,फागुन २८ । आइतबार सुनको भाउ ह्वात्तै बढेको छ । साताको पहिलो कारोबार दिन छापावाला सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन अर्थात शुक्रबार १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुन शुक्रबार भने १ लाख १ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्यमा पनि बढोत्तरी देखिएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि भई १ हजार २४५ रुपैयाँ कायम भएको छ ।