रंगीन पर्व होली: ‘ब्ल्याक एन्ड ह्वाइट’ भयो ‘ब्यापार’ !



काठमाडौं,फागुन २२ । काठमाडौंको असन बजारलाई यस पटक होलीले खासै छुन सकेन । विगतका वर्षहरूमा वसन्तपुरमा होलीको चीर गाडेदेखि अर्थात होलीको एक हप्ता अगाडिदेखि नै असन, जमल, इन्द्रचोक लगायतका मुख्य बजारमा रंग, होली पेस्तोल, पिचकारी, टिसर्ट बेच्ने र खरीद गर्नेको भीड नै लाग्ने गर्दथ्यो । तर, अहिले काठमाडौं महानगरपालिकाले फुटपाथ बजार हटाएका कारण यी बजारमा होली आएको आभाष नै भएको छैन ।

असन बजारमा होलीका सामानहरूको लामो समय देखि थोक व्यापार गर्दै आएका कृष्ण श्रेष्ठले फुटपाथ बजारका व्यापारीले सामानहरू खरीद नगरे पनि टाढा टाढाबाट व्यापारीहरू खरीद गर्न छुटाएका छैनन । विगतको केही वर्ष चीनबाट सामान नआएकोमा यस पटक भारत तथा चीनका होलीका पिचकारी विक्री गरिरहेका छन । उनका अनुसार थोकमा ५० देखि ४०० रुपैंया सम्मका पिचकारीहरू विक्रीमा छन भने बेलूनहरू १० देखि २० रुपैंया , रंगहरू ७० देखि १५० रुपैयाँसम्ममा विभिन्न रंगहरूको प्याकेट पाईन्छन । 

बजारमा होलीका टिसर्टहरू ३०० रुपैंयामा २ ओटा तथा ५०० रुपैंया २ ओटा भेराइटीको पाईन्छ । तर, फुटपाथ बजार नभएकोले मानिसहरू किन्न बिहान अथवा बेलुका नै धाउने गर्दछन । दिउँसो मुस्किलले केही लुगा पसल, कुर्ता पसलहरूमा किन्न पाईन्छ । होली टिसर्टहरू मार्टहरू, डिर्पाटमेन्टल स्टोरहरूमा २४९ रुपैंयामा मजाले किन्न सकिन्छ ।  

प्रतिक्रिया दिनुहोस्