समयमा वर्षा नहुँदा म्याग्दीमा गहुँ बाली सुक्यो



म्याग्दी,फागुन २१ । म्याग्दीमा वर्षा नहुँदा गहुँ बाली सुक्नुका साथै मकै रोप्न समेत ढिलाई भएकाे छ ।

यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँ बाली सुकेको किसानहरुले बताएका हुन् । फागुन अन्तिम हप्ता लागि सक्दा समेत यस वर्ष हिउँदे वर्षा भएको छैन् । लगातारको खडेरीले गहुँ बाली सुकेको किसानहरुले बताएका छन् ।

सिंचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरुले बताएका छन् । सिंचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँ बाली सुकिसकेकाले किसान चिन्तित भएका छन् । खडेरीका कारण जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्