नेपालको निर्यात व्यापारमा ठुलो हिस्सा ओगटेको पाम र सोयाविन तेलको निकासी उच्च घट्यो

काठमाडौं,फागुन १९ । नेपालको पहिलो र दोस्रो निर्यातयोग्य बस्तु (पाम तेल र भटमास तेल) को निर्यात नै घट्न थालेको छ ।

अझै पनि नेपालबाट सबै भन्दा धेरै निर्यात हुने वस्तुमा पाम तेल पहिलो र सोयाविन तेल दोस्रो नम्बर छ । तर, चालु २०७९/८० मा उक्त दुवै वस्तुको निर्यात दोहोरो अंककै दरमा घटेको छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी)बाट प्राप्त चालु आवको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । समिक्षा अवधिमा पाम तेलको निर्यात ५९.२० प्रतिशतले घटेको छ । यसैगरि सोयाविन तेलको निर्यात ७७.५० प्रतिशतले घटेको टिईपीसीको तथ्यांकमा उल्लेख छ ।

गत आवको माघ मसान्तसम्म ३४ अर्ब १५ करोड ५५ लाख रुपैयाँको पाम तेल निर्यात भएको थियो । तर, चालु आवको समिक्षा अवधिमा त्यो भन्दा २० अर्ब २२ करोड ८८ लाख रुपैयाँ कम अर्थात् १३ अर्ब ९२ करोड ६७ लाख रुपैयाँ बराबरको पाम तेल निर्यात भएको छ ।

यस्तै, गत आवको माघ मसान्तसम्म ३६ अर्ब ८५ करोड ३४ लाख रुपैयाँ बराबरको सोयाविन तेलको निर्यात भएको थियो । तर, चालु आवको समिक्षा अवधिमा त्यो अवस्था २८ अर्ब ५७ करोड ५८ लाख रुपैयाँ कम अर्थात् ८ अर्ब २७ करोड ७५ लाख रुपैयाँको मात्रै भटमास तेल निर्यात भएको छ ।

समिक्षा अवधिमा समग्र नेपालको वस्तु निर्यात नै २९ प्रतिशतले घटेको छ । गत आवको पुस मसान्तसम्म १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । तर, चालु आवमा ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ मात्रै वस्तु निर्यात भएको छ । विशेषगरि पाम र भटमास तेलकै निर्यात घटेर कुल वस्तु निर्यात घटेको जानकारहरु बताउछन् ।

यद्यपि, अझै पनि नेपालबाट निर्यात हुने वस्तुमा पाम तेल पहिलो नम्बर र सोयाविनको तेल दोस्रो नम्बरमा छ । तथ्यांकअनुसार कुल निर्यातमा पाम तेलको १५ प्रतिशत र सोयाविन तेलको ९ प्रतिशत हिस्सा छ, जुन अन्य निर्यातयोग्य वस्तुको हिस्सा भन्दा धेरै हो ।

गत आवमा कुल २ खर्ब ३ करोड ९ लाख रुपैयाँको वस्तु निर्यात हुदाँ सायोविन तेल पहिलो नम्बरमा थियो । तथ्यांकअनुसार गत आवका ४८ अर्ब १२ करोड ४ लाख रुपैयाँ बराबरको सोयविन तेल निर्यात भएको थियो ।

दोस्रो नम्बरमा रहेको पाम तेलको भने ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो । चालु आवमा भने पाम तेल पहिलो निर्यातयोग्य वस्तु रहेको छ । पाम तेल र सोयाविन तेलको लागि भारत ठुलो बजार हो ।

नेपाली व्यवसायीहरुले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेशिया तथा युक्रेनबाट कच्चा भटमास आयात गरि प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् । यसैगरि मलेसिया, इन्डोनेशिया लगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ गर्दै आएका छन् । कच्चा पदार्थ ल्याएर प्रशोधन गरी बिक्री गर्दा ३० प्रतिशतसम्म भ्यालु एड गरिदैं आइएको छ ।

भारतमा पहिला यी दुवै वस्तु अन्य देशमा आयात गर्दा २५ प्रतिशतसम्म भन्सार तिर्नु पर्दथ्यो । तर, नेपालबाट आयात गर्दा भने भन्सार लाग्दैन । साफ्टाको सुविधा प्रयोग गरेर भारतले नेपालबाट शुन्य भन्सारमा पाम तेल र भटमास तेल आयात गर्दै आएको छ । फलस्वरुप अन्य देशभन्दा नेपालबाट आयात गर्दा सस्तो पर्दथ्यो । सोही कारण नेपालबाट यी दुई वस्तुको निर्यात बढी हुने गरेको छ । तर, पछिल्लो पटक भारतले अन्य देशबाट पाम र भटमास तेलको आयात गर्दा लाग्ने भन्सार दर ५ प्रतिशतमा झारेको छ । त्यो अवस्थामा नेपालबाट भन्दा अन्य देशबाट नै पाम तेल र सोयाविन तेल आयात गर्दा भारतलाई सस्तो पर्दछ । सोही कारण पछिल्लो समय पाम तेल र भटमास तेलको निर्यात घटेको व्यवसायी प्रदिप मुराका बताउछन् ।

‘अझै पनि नेपालबाट शुन्य भन्सारमै भारतमा भटमास र पाम तेल निर्यात गर्न सकिन्छ । तर, भारतले अन्य देशबाट आयात गर्दा लाग्ने भन्सार दर घटाएर ५ प्रतिशतमा झारेको छ,’ उनले भने, ‘त्यो अवस्थामा नेपालबाट भन्दा अन्यदेशबाट आयात गर्दा भारतलाई सस्तो पर्न जान्छ । किनकी, हामीले तेस्रो मुलुकबाट कच्चा प्रदार्थ ल्याएर प्रशोधन गरि भारतमा बिक्री गर्दा लागत बढी हुन्छ र मुल्य पनि स्वत बढी हुन्छ । यी यस्ता कारणले पछिल्लो समय यसको निर्यात घट्न थालेको छ ।’

प्रतिक्रिया दिनुहोस्