ज्योति विकास बैंकका सीईओ भट्टको तलब १ करोड ४ लाख
काठमाडौं,फागुन १४ । ज्योति विकास बैंक लिमिटडेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) श्रीचन्द्र भट्टले १ करोड रुपैयाँ बढी तलब भत्ता बुझेका छन् ।
सीइओ भट्टलाई बैंकले गत आर्थिक वर्ष २०७८।०७९ मा तलब भत्ता बापत १ करोड ४ लाख ३५ हजार ४७४ रुपैयाँ रकम दिएको हो । जसमा बैंकले तलब बापत ५४ लाख रुपैयाँ, भत्ता १८ लाख रुपैयाँ, दशै भत्ता ४ लाख ५० हजार रुपैयाँ, सञ्चयकोष योगदान ५ लाख ४० हजार रुपैयाँ र बोनस २२ लाख ४५ हजार ४७४ रुपैयाँ बुझेका हुन । उनलाई बीमा सुविधा, गाडी सुविधा, इन्धन र टेलिफोन/मोबाइल सुविधा समेत प्रदान गरीएको छ ।
साथै, अन्य उच्च कार्यकारी पदाधिकारीहरुलाई २ करोड ४८ लाख ८२ हजार ६३२ रुपैयाँ बुझेका छन् । जसमा तलब १ करोड २७ लाख ४१ हजार ७६९ रुपैयाँ, भत्ता ४४ लाख ६८ लाख ५०९ रुपैयाँ, दशै भत्ता १४ लाख २९ लाख २४४ रुपैयाँ, सञ्चय कोष योगदान १२ लाख ७४ हजार १७७ रुपैयाँ, जीवन बीमा प्रिमियर २ लाख ६६ हजार १८८ रुपैयाँ, बोनस ४६ लाख ८४ हजार ७४५ रुपैयाँ बुझेका छन् ।
त्यसैगरी, संचालकहरुले २५ लाख २८ हजार रुपैयाँ बुझेका छन् । बैंठक भत्ता २१ लाख ७७ हजार रुपैयाँ र पत्रपत्रिका/मोबाइल /इन्टरनेट ३ लाख ५१ हजार रुपैयाँ बुझेका हुन् ।