भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा के होला ?



काठमाडौं,फागुन ४ । भारतबाट पेट्रोलियम पर्दाथको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाएको हो ।

नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटेर, डिजेलको मूल्य ६ रुपैयाँ ४१ पैसा र हवाई इन्धनको मूल्य एक रुपैयाँ ८८ पैसा घटेर आएको छ ।

भारतबाट मूल्य घटेर आएपनि नेपाल आयल निगमले घटाउने बारे अहिलेसम्म कुनै आधिकारीक जानकारी भने दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्