टिकटकले कर्मचारी कटौति गर्ने
काठमाडौं,माघ २७ । टिकटक र याहूको कर्मचारी कटौति गर्ने भएको छ। टिकटकले भारतमा आफ्ना ४० कर्मचारीको सम्पूर्ण कर्मचारीलाई निकालेको छ।
बाइट डान्सको सोशल मिडिया एप टिकटकको भारत कार्यालयका कर्मचारीहरू प्रायः ब्राजिल र दुबईको बजारका लागि काम गरिरहेका थिए। टिकटकको यो निर्णय अचम्मको कुरा होइन, किनभने टिकटकलाई करिब ३ वर्षअघि भारतमा प्रतिबन्ध लगाइएको थियो। टिकटकले कर्मचारीहरूलाई फेब्रुअरी २८ मा आफ्नो कम्पनीमा अन्तिम दिन हुने बताएको छ।
याहूले आफ्नो कुल विश्वव्यापी कर्मचारीहरुमध्ये २० प्रतिशतभन्दा बढीलाई हटाउने योजना बनाएको छ। कम्पनी आफैंले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।