एशियन हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो



काठमाडौं,माघ २७ । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

आयोजना प्रभावित स्थानीय र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री गर्न लागेको हो ।

कम्पनीले जारी पूँजीको ३४ करोड रुपैयाँको ३४.७१ प्रतिशतले दरले हुने आउने ११ करोड ८० लाख रुपैयाँ बराबरको शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत अर्थात ३ करोड ४० रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरिसकेको छ । बाँकी रहेको ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्