नुवाकोट शिवपुरीका गुणी दम्पतिले दिए विद्यालयलाई आर्थिक सहयोग
नुवाकोट,माघ २६ । नुवाकोट शिवपुरीका गुणी दम्पतिले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । पछिल्लो समय जन्मोत्सव, वैवाहिक वर्षगाठ जस्ता उत्सवका अवसरमा लाखौं खर्च गरि मनाउने प्रचलन बढ्दै गएको पाइन्छ ।
जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ७ का स्थानीय समाजसेवी गोविन्द गुणी र देवी गुणी दम्पतीले भने आफ्नो ५० औं वैवाहिक वर्षगाँठका अवसरमा कुम्भेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गर्दै उत्सव मनाएका हुन ।
शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीका गुणी दम्पतीले वैवाहिक सहकार्यको ५० औं वर्षगाँठको अवसरमा सो विद्यालय सो विद्यालयका शिक्षक विद्यार्थी माझ मनाएका हुन् । विद्यालय प्राङ्गणमा आयोजना गरिएकोकार्यक्रममा
गुणी दम्पति ले शिक्षक विद्यार्थीलाई खाजा तथा अन्य शैक्षिक प्रयोजनकालागि विद्यालयलाई नगद ५० हजार सहयोग गरेका थिए।