माया खोला हाइड्रोपावरको आइपीओ बिहिबार बाँडफाँट हुने



काठमाडौं,माघ २५ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ बिहिबार (माघ २६ गते) बाँडफाँट गर्ने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सो दिन बिहान ९.३० बजे कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँटको गर्ने तयारी गरेको हो ।

कम्पनीको आइपीओमा मागभन्दा ७.९६ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुदाँ १ लाख ९९ हजार २०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ९८ हजार ५२३ जनाको हात खालि हुने छ ।

यसमा १३ लाख ९७ हजार ७२३ जनाले कुल १ करोड ५८ लाख ६३ हजार ८१० कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

जस मध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघिनै निष्काशन गरिसकेको छ । यसैगरी, ५ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्