अर्थमन्त्रालयको सीसीटिभीमा कैद भएको दृश्य ३ महिनासम्म हेर्न मिल्ने
काठमाडौ,माघ २० । अर्थमन्त्रालयको सीसीटिभीमा कैद भएको दृश्य ३ महिनासम्म हेर्न मिल्ने बनाएको छ ।
अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा गरेको कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै सीसीटिभी फुटेजको क्षमता ९० दिनको बनाएको बताएको हो । मन्त्रालयको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन मन्त्रालय परिसरमा जोडिएको सीसीटिभी क्यामेराको दृश्य सञ्चित क्षमता बढाएको जनाएको छ ।
चालु आर्थिक वर्षको बजेट ल्याउँदा तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सीसीटिभीको चर्चा भएको थियो ।