गौरवका आयोजनाको गति कम



काठमाडौं,माघ २० । सरकारले प्राथमिकतामा राखेर अघि बढाएको राष्ट्रिय महत्त्वका आयोजनाकै अवस्था नाजुक देखिएको छ । राष्ट्रिय गौरवका भनिएका केही आयोजना निर्माण सुरु भएको दशकौं बित्दा पनि सम्पन्न हुन सकेका छनैन् ।

केही आयोजना भने निर्माणको प्रारम्भिक चरणमै रुमलिरहेका छन् । निर्माण सुरु भइसकेका आयोजनामा लागत बढ्दो छ ।

राष्ट्रिय गौरवमा आयोजनाको उपलब्धि न्यून देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले ती आयोजनाको आफैंले अनुगमन गर्ने भनेका थिए । तालुक मन्त्रालय र आयोजना प्रमुखहरूसँग पनि सोधखोज थालिएको छ ।

यो समाचार आजको कारोबार दौनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्