भारतको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु
एजेन्सी,माघ १८ । भारतको झारखण्ड राज्यको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ । विवाह समारोह भइरहेका निजी आवासीय घरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।
पूर्वी झारखण्डको दानबादमा भएको सो आगलागीमा परेर दर्जनौँ व्यक्ति जलेर घाइते भएका भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका रहेका छन् ।
आगलागीको कारणबारे अुनसन्धान भइरहेको छ । आगलागीले भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।