रवि लामिछानेले बुझाए राजीनामा
काठमाडौं,माघ १३ । सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले राजीनामा बुझाएका छन् ।
उनी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।