कालिञ्चोक दर्शनको आइपीओमा १ अर्ब ३३ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?
काठमाडौं,माघ ५ । कालिञ्चोक दर्शन कम्पनीको आइपीओमा १ अर्ब ३३ करोड ९१ लाख ८१ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (माघ ५ गते) सम्ममा ११ लाख ४७ हजार ५०२ जनाले १ करोड ३३ लाख ९१ हजार ८१० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा १४.९३ गुणा बढी आवेदन हो ।
कम्पनीले माघ ३ गतेदेखि सर्वसाधारणका लागि छुट्याएको १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आजदेखि निष्काशन भएको हो ।
सोमध्ये कम्पनीले १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ भने ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा छिटोमा माघ ६ गते र सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म थप हुनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।