सिके राउतले दिए ओली-प्रचण्डलाई कडा चेतावनी



काठमाडौं, माघ ४ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले ओली-प्रचण्डलाई कडा चेतावनी दिएका छन् । चेतावनीसंगै शासक वर्गलाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा दिएका छन् ।

राउतले शासक वर्गले जसपा, लोसपा, जनमत र नाउपा सबैलाई पाखा लगाएको भन्दै गम्भीर आक्रोश पोखेका छन् । उनले शासक वर्गले अहिले मधेशी र थारुलाई राज्यबाटै बहिष्करण गरेर हेपेको आरोप लगाएका छन् ।

उनले मधेशले शासक वर्गको उक्त कदमको प्रतिकार गर्ने पनि चेतावनी दिएका छन् । उनले आफूहरुसँग सडक र आन्दोलनको विकल्प सधैं खुल्ला नै रहेको पनि उल्लेख गरेका छन् ।

मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले यी साना दललाई वास्ता नगरेको र मन्त्रालय रोज्न लगाउँदा पनि बेवास्ता गरेको भन्दै जनमत पार्टी असन्तुष्ट छ । यही सन्दर्भमा राउतको यस्तो भनाई बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्