नायक पल शाहले पाए सफाइ



काठमाडौं,माघ ३ । नायक पल शाहले सफाइ पाएका छन् । बालिका बलात्कारको आरोपमा थुनिएका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको हो ।

जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले मंगलबार बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए ।

जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्