प्रदेश १ मा मुख्यमन्त्री हिकमत कार्की र तीन विनाविभागीय मन्त्रीले लिए शपथ



विराटनगर,पुस २६। प्रदेश १ मा मुख्यमन्त्रीमा एमालेका हिकमत कार्कीले शपथ लिएका छन । उनले तीन जना मन्त्रीको पनि शपथ गराएका छन । यो सँगै कार्कीको नेतृत्वमा चार सदस्यीय मन्त्रीमण्डल गठन भएको छ ।

तर आलोपालो मुख्यमन्त्री हुनुपर्ने अडानमा रहेको नेकपा माओवादी केन्द्र भनेशपथ कार्यक्रममा सहभागी भएन ।  

मुख्यमन्त्रीमाशपथ लिएपछि उनले माओवादी बाहेकका अन्य दलबाट एक एक जना सहित ३ जनाको  शपथ गराएका छन ।

प्रमुख सत्ता साझेदार दल माओवादी शपथमा सहभागी नभएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातान्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरी शपथ गराएका छन् । मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेपनि तीनै मन्त्री विना विभागिय छन । सत्ता घटक माओवादीसंग कुरा नमिलेपछि मन्त्रीहरूलाई कुनैपनि मन्त्रालयको जिम्मेवारी दिएको छैन । 

शपथ ग्रहणपछि मुख्यमन्त्री कार्कीले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उनले प्रदेशको नामकरणको विषयलाई उच्च प्राथमिकतामा राख्ने पनि बताए । सबैको सहमतिमा प्रदेशको नाम राखिने र अहिले नै प्रदेशको मन्त्रालय संख्या नबढाउने प्रष्ट पारेका छन । प्रदेश १ प्रदेशसभाका सभामुखको निवार्चन पुस २८ तथा उपसभामुखको निर्वाचन पुस ३० गते हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्