७० जना सांसदको समर्थन सहित जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त
काठमाडौं,पुस २५। बागमती प्रदेशको मुख्यमन्त्रीको लागि ७० सांसदको समर्थन सहित माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम वागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले नियुक्त भएका छन् ।
। प्रदेश प्रमुखको कार्यालय हेटौँडामा पुगेर जम्कट्टेलले ७० जना सांसदको समर्थन पत्र पेश गरेपछि प्रदेश प्रमुख शर्माले जम्कट्टेललाई मुख्यमन्त्री नियुक्त भएको पत्र हस्तान्तरण गरेका थिए ।
जम्कट्टेललाई एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, एकिकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ जना सांसदले समर्थन गरेका हुन् ।