अर्थमन्त्रालयका दुई सचिव हेरफेर: अर्थ सचिवमा तोयम राया, राजस्वमा घिमिरे



काठमाडौं,पुस २१ । अर्थमन्त्रालयका दुई सचिवहरु हेरफेर भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याइएको छ । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रहेका थिए ।

यस्तै, राजस्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई ल्याइएको छ । यसअघि घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । यसअघि अर्थ सचिवमा कृष्णहरि पुष्कर र राजस्व सचिवमा रामेश्वर दंगाल थिए ।

अर्थमन्त्रका रुपमा विष्णु प्रसाद पौडेल आएसंगै कामको प्रस्तुतिलाई गति दिन सचिव हेरफेर भएको हो । नेपाली आर्थतन्त्रमा रहेका समस्यालाई ठिक ढंगले चिन्ने र यसको उपयुक्त समाधान तर्फ अर्थमन्त्री पौडेलले तिव्रता दिएका छन् ।

पौडेललाई हाल उत्पन्न नेपाली अर्थतन्त्रको समस्या समाधान गर्न सक्ने नेताको रुपमा पनि हेरिएको छ । नेपालाई भविष्यमा हुने थप जोखिम र हालको आन्तरिक अर्थतन्त्रको गति सहि ढंगले हाक्न सक्ने नेता तथा आम नागरिकको जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्