सम्पर्कमै छैनन् काठमाडौंका सहकारी
काठमाडौं, पुस १९ । काठमाडौं महानगरपालिकाभित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वाभाविक नै छ । तर, देशकै सबैभन्दा ठूलो काठमाडौं महानगरपालिकाभित्रै सहकारीको नियममा समस्या मात्रै नभई कतिपय त सम्पर्कमा समेत छैनन् ।
महानगरपालिकाअन्तर्गतको सहकारी विभागका अनुसार नियामकको सम्पर्कमै आउने र सम्पर्कमा आएर पनि कानुनबमोजिम विवरण नबुझाउनेको संख्या अत्याधिक रहेका छन् ।
यसबाट सहकारीको मर्म एवं भावनाअनुसारको काम हुन नसकेको पाइएको छ । विभागका अनुसार काठमाडौं महानगरपालिका मात्रै कार्यक्षत्रेत्र रहनेगरी हालसम्म दर्ता भएका सहकारीको संख्या एक हजार नौ सय ६९ रहेको छ ।
यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।