भारतको काश्मिरमा हिंसात्मक घटनामा १० जनाको मृत्यु



एजेन्सी,पुस १८। भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो र यहाँ पश्चिमी क्षेत्रको तुलनामा विरलै हिंसात्मक घटनाहरू हुने स्थानका रूपमा लिने गरिन्छ ।

मुस्लिम बाहुल्य हिमालय क्षेत्रका विद्रोही समूहहरूले दशकौंदेखि आफ्नो स्वतन्त्रता वा पाकिस्तानमा विलयका लागि लडेका छन्, जसले विभाजित क्षेत्रको सानो भागलाई नियन्त्रण गर्दछ । काश्मिरमा करिब ५० लाख भारतीय सैनिक तैनाथ छन् र यसको दक्षिणी भाग जम्मुमा अधिकांश हिन्दू र तुलनात्मक रूपमा शान्तिपूर्ण छ ।

तर भारत विरोधी विद्रोहीको आशङ्कामा दुई बन्दुकधारीले आइतबार दुर्गम गाउँ डाङ्ग्रीका घरहरूमा गोली चलाउँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको प्रहरी अधिकारी मुकेश सिंहले सञ्चारकर्मीहरूलाई बताए । काश्मिरलाई भारत र पाकिस्तानबीच विभाजन गर्ने नियन्त्रण रेखा (एलओसी) नजिकको क्षेत्रमा प्रहरी र सुरक्षा बलले आक्रमणकारीको खोजी कार्य सुरु गरेका बताइएको छ ।

सोमबार एउटा घर नजिकै भएको विस्फोटमा परी सात वर्षीय बालक र अर्का एक व्यक्तिको मृत्यु भएको नाम नबताउने शर्तमा अर्का एक प्रहरी अधिकारीले एएफपीलाई बताए ।

प्रतिक्रिया दिनुहोस्