शेरबहादुर देउवा पार्टीको इतिहासमा दुवै पटक असफल सभापति-जगदिश्वरनरसिंह केसी
काठमाडौं,पुस १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले सही समयमा सही निर्णय गर्न नसक्दा पार्टी सरकारबाट बाहिरिनु परेको बताएका छन् ।
शनिबार एक टेलिभिजनको कार्यक्रममा उनले निर्वाचन अघि पाँच दलीय गठबन्धनको विरुद्धमा बोले कारबाही गर्ने धम्की दिएको पार्टी नेतृत्वले सरकार निर्माणमा गम्भीर भएर सही निर्णय गर्न नसकेको बताएका हुन् ।
साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको इतिहासमा दुईपटक सभापति बनेपनि दुवै पटक असफल भएको उनको आरोप छ । ‘शेरबहादुर देउवा दुई पटक सभापति हुनभयो । दुवै पटक असफल सभापति हुनुभयो । अघिल्लो पटक नेपालको इतिहासमा कांग्रेस सबैभन्दा सानो पार्टीमा खुम्चियो ।