प्राइम बैंकद्वारा नेपाल क्यान्सर केयर फाउन्डेसनलाई मोबाइल भ्यान सहयोग
काठमाडौं,पुस १६ । प्राइम कमर्सियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई मोबाइल भ्यान सहयोग गरेको छ ।
महिलाहरूमा हुने स्तन तथा पाठेघर क्यान्सर परीक्षणमा योगदान पुर्याउँदै आएको फाउन्डेसनलाई परीक्षणको दायरा बढाउन सघाउने भन्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जानकारी दिएको छ । संस्थाले स्वास्थ्यको पहुँच नपुगेका तथा चेतना कम भएका टोल टोलमा पुगेर महिलाको क्यान्सर परीक्षण गर्दै आएको छ ।
‘फाउन्डेसनका काममा सहजीकरण गर्न र परीक्षणको दायरा बढाउन आवश्यक उपकरण जडित मोबाइल भ्यान एक समारोहबीच बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठद्वारा फाउन्डेसनलाई हस्तान्तरण गरिएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।