धादिङको मच्छिन्द्र माविलाई एभरेष्ट बैंकले गर्यो आर्थिक सहयोग
काठमाडौं,पुस १६ । धादिङको खानीखोलास्थित मच्छिन्द्र माध्यमिक विद्यालयलाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको कम्प्युटर ल्याबमा विद्युत् आपूर्तिका लागि २ लाख २६ हजार रुपैयाँ सहयोग गरेको हो ।
सो रकमबाट ल्याबमा सहज विद्युत् आपूर्तिका लागि पावर ब्याकअप जडान गर्न सकिने बैंकले बताएको छ । बैंकका नायब महाप्रबन्धक केशवराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेखर कार्कीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा विद्यालयका उप–प्रधानाध्यापक गोवद्र्धन गोदार र बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बैंकको धार्के शाखाका प्रबन्धक कुमार शेर्पालगायतको उपस्थिति थियो ।