नुवाकोटका नमूना कृषक रामप्रसाद पुडासैनी ‘राष्ट्रपति उत्कृष्ट किसान’ पुरस्कारबाट पुरस्कृत
नुवाकोट,पुस १५ । ‘राष्ट्रपति उत्कृष्ट किसान’ पुरस्कारबाट नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ८ का रामप्रसाद पुडासैनी पुरस्कृत भएका छ्न । जिल्लास्थित कृषि ज्ञान केन्द्रले सूचना प्रकाशित गरेर कृषिमा संलग्न किसानहरुको नामावली यसअघि माग गरेको थियोे ।
किसानहरुको मागलाई मध्यनजर राख्दै ज्ञान केन्द्रले नुवाकोटका ३ र रसुवाका ३ किसानलाई पुरस्कृत गर्दै कृषि क्षेत्रमा पुर्याएको योगदान स्वरुप कदर तथा नगद रुपैयाँसहित प्रसंशा पत्र प्रदान गरी सम्मान गरिएको हो ।
सम्मानित हुने किसानमा नुवाकोट शिवपुरी ८ का रामप्रसाद पुडासैनि, म्यागङ गाउपलिका वडा नम्बर ४ का सुरेन्द्र तामाङ र बिदुर नगरपालिका वडा नम्बर १३ का दिपक खड्का रहेका छन ।
यस्तै रसुवाबाट सम्मानित हुने किसानहरुमा गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ का काल्साङ तामाङ, वडा नम्बर ६ का प्रमोदकुमार तितुङ र नौकुण्ड गाउँपालिका वडा नम्बर ६ का पासाङ लामा तितुङ रहेका छन ।
जिल्लाबाट उत्कृष्ट ठहर भएका किसानलाई प्रदेश स्तरीय प्रतिष्पर्धा र केन्द्रमा सिफारिस गरिने ज्ञान केन्द्रले जनाएको छ ।