फुटबलका महान खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन



काठमाडौं,पुस १५ । ब्राजिलका महान फुटबल खेलाडी (एडसरन एरेन्टस डो नासिमेन्टो) पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । उनि मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए ।

२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम गर्दा ब्राजिललाई तीन पटक  १९५८, १९६२ र १९७० मा विश्वकप उपाधी जिताएका थिए । 

उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानितसमेत भएका थिए । उनको निधनमा विश्वभरबाट शोक व्यक्त भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्