गृह नपाएपछि रिसाएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएनन्



काठमाडौं,पुस १३ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका नारायणकाजी श्रेष्ठ मन्त्रालय नै गएका छैनन् । उनी शपथ खानुभन्दा अघि गृहमन्त्रालयमा जाने तयारीमा थिए ।

प्रधानमन्त्री दाहालले पनि उनलाई गृहकै लागि शपथ खान तयार हुन भनेका थिए । तर, संसद्को चौथो ठूलो दल रास्वपाका सभापति रवि लामिछानेले गृहमन्त्रालयमा दाबी गरेपछि दाहालले लामिछानेलाई नै गृहमन्त्री बनाए ।

दाहालको उक्त निर्णयपछि नारायणकाजी असन्तुष्ट बनेको स्रोतको दाबी छ । गृह नपाएपछि श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने चर्चा पनि थियो । तर, श्रेष्ठले आफू परराष्ट्रमा नजाने अडान लिएपछि उनलाई भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व सुम्पिएको हो ।

प्रतिक्रिया दिनुहोस्