परिस्थितिको सूक्ष्म अध्ययन गरेर मात्रै अगाडि बढ्ने नेकपा (समाजवादी) को निर्णय



काठमाडाैं,पुस १० । परिस्थितिको सूक्ष्म अध्ययन गरेर मात्रै अगाडि बढ्ने नेकपा (समाजवादी) पार्टीले निर्णय गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले एक्कासि विकसित मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीको आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक छलफल गरी उक्त निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको हो ।

प्रतिक्रिया दिनुहोस्