अर्थमन्त्री पौडेल कि ढकाल ?
काठमाडौ,पुस १० । नयाँ सरकार गठनले नेपाली राजनीति यतिबेला तरङ्ति बनेको छ । नयाँ सरकार गठनका लागि विभिन्न दलहरुबीच छलफल भईरहेको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवासंग कुरा नमिलेपछि बालकोट पुगेका प्रचण्ड लगायतको दलहरु एमालेसंग छलफलमा जुटेको हो । नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो ।
एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय जनमत पार्टीका अध्यक्ष रिके राउतको संयुक्त बैठक बसिरहेको छ ।
बैठकले भावि प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बनाउने निर्णय गरेको बताइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो ।
प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।
नेपाली राजनीति क्षेत्रमा नयाँ बन्ने सरकार र मन्त्रीहरुको चर्चा समेत ह्वात्तै चुलिएको छ। अर्थमन्त्रीको को बन्छ भन्ने चर्चाका विषय बनिरहेको छ । नेपाली अर्थतन्त्रमा आएको संकट र त्यसको समाधानका लागि अबको सरकारले नीति तथा कार्यक्रम कार्यन्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ । हालको समस्या समाधान गरि देशलाई समृद्धिको बाटो तर्फ हाक्नका लागि कस्तो व्यक्ति अर्थमन्त्री बन्ने भन्ने विषय चुलिएको हो ।
कांग्रेशको सरकार नबन्ने भएपछि यति बेला नेकपा एमालेका उपाध्यक्षसमेत रहेका विष्णु पौडेलको अर्थमन्त्रीमा दोहोरीने सम्भावना बढेको हो । यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालको पनि उत्तिकै सम्भावना देखिएको छ।
नेकपा एमालेका उपाध्यक्ष समेत पौडेललाई हाल उत्पन्न नेपाली अर्थतन्त्रको समस्या समाधान गर्न सक्ने नेताको रुपमा पनि हेरिएको छ । नेपालाई भविष्यमा हुने थप जोखिम र हालको आन्तरिक अर्थतन्त्रको गति सहि ढंगले हाक्न सक्ने नेता तथा आम नागरिकको जनविश्वास रहेको छ। यसअघि पनि अर्थमन्त्री पौडेल सेयर लगानीकर्ताहरुको हितमा काम गरेको पाइन्छ । पौडेल अर्थमन्त्री भएपछि निजी क्षेत्रदेखि समसामयिक मुद्दामा सकरात्मक पहल कदमी लिएको र सेयर बजारप्रति सकरात्मक दृष्टिकोण लगानीकर्ता विश्वास रहेको छ । उनी यसअघि पनि अर्थमन्त्रालय सम्हालिसकेका छन् ।
यद्यपि, राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा अर्थमन्त्रालय परेको खण्डमा भने हरि ढकाल बन्ने भएका हुन् । नेपाल सेयर बजारका लगानीकर्ताहरुमा पनि उत्साह आउने बताइएको छ । ढकाल सेयर बजार र अर्थनीति बारे राम्रो दख्खल राख्दछन् ।
यता निजी क्षेत्रले भने हालको समस्या समाधान गर्न सक्ने अर्थमन्त्री आवश्यक रहेको बताएको छ । अब बन्ने सरकार र अर्थमन्त्रीले आर्थिक नीति तथा कार्यक्रममा व्यापाक सुधरा गर्नुपर्ने निजीक्षेत्रले जनाएको छ । अब पनि नीतिगत सुधार र कार्यान्वयनलाई गम्भिरतापूर्वक नलिए नेपाली अर्थतन्त्र अझै संकटतर्फ धकेलिने निजी क्षेत्र तथा उद्योगी व्यवसायीहरुको भनाई छ ।