माओवादी पदाधिकारी बैठक : संसदीय दलको नेतामा प्रचण्ड सर्वसहमत
काठमाडौं,पुस ७ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बनाउने निर्णय गरेको छ ।
त्यस्तै, प्रमुख सचेतकमा हितराज पाण्डे बनाउने निर्णय गरेको हो ।
पदाधिकारी बैठकलगत्तै माओवादीको सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा दलको बैठक बस्न लागेको हो । दलको उपनेतामा भने उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माको दाबी छ ।