नेपाल टेलिकमले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने
काठमाडौं,पुस ७ । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट नगद लाभांश वितरण गर्ने भएको हो ।
बुधवार बसेको कम्पनीको संचालक समितिको बैठकले सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश दिने निर्णय गरेको हो । सो लाभांश अर्थमन्त्रालयबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी १५औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
सो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।