पछि हटे रामचन्द्र पौडेल, संसदीय दलको नेतामा देउवालाई समर्थन
काठमाण्डौँ,पुस ५ । प्रधानमन्त्रीमा सार्वजनिक रुपमै दावी गर्दै आएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा सभापति शेर बहादुर देउवालाई समर्थन गरेका छन् । आज मनोनयनका क्रममा पौडेल देउवाको प्रस्तावक बसेका छन् । देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।
संसदीय दलको नेतामा महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिएका छन्। थापाको समर्थकमा शेखर कोइराला तथा प्रस्तावाकमा धनराज गुरूङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल छन् ।
आज मनोनयन पछि भोली संसदीय दलको चुनाव हुनेछ । ८९ जना सांसदको बहुमत ल्याउने उम्मेद्धार काँग्रेस संसदीय दलको नेता हुनेछन् ।