अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले पाए ‘गोल्डेन ग्लोब’
एजेन्सी,पुस ४ । कतारमा भएको विश्वकप २०२२ मा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले ‘गोल्डेन ग्लोब’ उपाधि जितेका छन्।
आइतवार राती भएको फ्रान्स विरुद्धको फाइनल खेलमा पेनाल्टी रोकेका मार्टिनेजले उत्कृट गोलकिपरको उपाधि जितेका हुन्। हालैका वर्षमा पुरुषतर्फको फुटबलमा अर्जेन्टिनाको पुनरागमनमा मुख्य व्यक्तित्व हुन् मार्टिनेज । उनको दरिलो प्रदर्शनका कारण पनि लियोनल मेसीको टिम फाइनलसम्म आइपुगेको हो ।
उनको उपस्थितिले अर्जेन्टिनी टोलीमा शान्ति र स्थिरता देखियो। क्वाटर फाइनलमा नेदरल्यान्ड विरुद्धको खेलमा शूटआउटको समयमा इमिलियानो मार्टिनेजको उपस्थिति विशेष रह्यो । अन्तिम १६ मा पनि अष्ट्रेलियालाई रोकेर अगाडि बढ्नमा उनले हस्तक्षेप महत्वपूर्ण रह्यो ।
एम्बाप्पेले जिते ‘गोल्डेन बुट’
कतारमा भएको विश्वकप २०२२ मा फ्रान्सका किलियन एम्बाप्पेले ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्। एम्बाप्पेले विश्वकपमा सर्वाधिक ८ गोल गर्दै सो उपाधि जितेका हुन्। एम्बाप्पेले फाइनलमा ह्याट्रिक गर्दै सो उपाधि जितेका हुन्।