प्रधानमन्त्री कसलाई बनाउने दिल्लीले भन्छ : विजुक्छें
काठमाडौैं, पुस ३ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंले नेपालको प्रधानमन्त्री कसलाई बनाउने भनेर दिल्लीबाट आउने बताएका छन् । अध्यक्ष बिजुक्छेंले नेपालको राजधानी काठमाडौं नभई दिल्ली भइरहेको बताए ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको शनिबार भएको नयाँ भवन उद्घाटन कार्यक्रममा उनले स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रिकरणको अधिकार दिने हो भने प्रदेश सरकारको आवश्यकता नरहेको बताए । दुर्गम ठाउँहरुमा स्थानीय निकायलाई अधिकार सम्पन्न बनाई सक्रिय रुपमा काम गर्न सकेको खण्डमा केन्द्र सरकारले गर्नुपर्ने आधा काम सम्पन्न हुने उनको भनाई थियो ।
देशको परिस्थिति निकै विकराल बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले भारतको प्रभाव नेपालमा बढिरहँदा नेपालको अवस्था झन् झन् नाजुक बन्दै गएको उनको भनाई रहेको थियो ।
यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।