चन्द्रागिरि हिल्सले गर्यो शेयरधनीको हात रित्तो, कहिले बोलायो साधारण सभा ?



काठमाडौं,मंसिर २९ । चन्द्रागिरि हिल्स लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले लाभांश नदिने भएको छ । कम्पनीले आप,्नो १३औं वार्षिक साधारण सभा पुष २१ गतेका लागि बोलाएको छ ।

सभा चन्द्रागिरि हिल्स लिमिटेडको कार्यालय थानकोेट पसिरदमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुृका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पातिर गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ पुष ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्