फिफा विश्वकप फुटबल सेमिफाइनल: मोरक्को र फ्रान्सबीच प्रतिस्पर्धा हुँदै



काठमाण्डौ,मंसिर २८ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा आजदेखि हुदै छ । पहिलो खेल अन्तर्गत अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा भएको थियो । जसमा अर्जेन्टिनाले ३ -० को जित निकालेको थियो ।

फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार फ्रान्स र मोरक्को खेल्दैछन् । खेल कतारको अल बायत मैदानमा आज राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो ।

यो खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । फाइनल खेल पुस ३ गते आइतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्